सामाजिक सञ्जालमा लौरो चिन्ह भनी राखिएका सामग्री तुरुन्त हटाउन आयोगको निर्देशन


निर्वाचन आयोगले सामाजिक सञ्जालमा लौरो चिन्ह भनी राखिएका सामग्री तुरुन्त हटाउन निर्देशन दिएको छ ।

यस चिन्हको प्रयोग गरी निर्वाचनको स्वच्छ प्रतिस्पर्धाको सिन्द्धान्तविपरीत भ्रम सिर्जना गर्ने काम गरिएको भन्दै यस्तो आदेश दिएको हो । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हाम्रो पार्टी नेपाल नामक राजनीतिक दललाई प्रदान गरेको चुनाव चिन्ह स्वतन्त्रहरूको साझा तथा वैकल्पिक चिन्ह भनेर जनमानसमा भ्रम सिर्जना गर्ने काम भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

आयोगले यस विषयमा हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेलाई स्पष्टीकरण पेस गर्न पनि आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *