बेथितिको हद :घाँस खरिदमा पनि भ्रष्टाचार, अख्तियारमा मुद्दा


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैदिन भ्रष्टाचारका सात मुद्दा विशेष अदालतमा दायर गरेको छ ।अख्तियारले देशका विभिन्न स्थानमा भ्युटावर निर्माण, सिँचाइ र घास खरिदलगायत योजनामा अनियमितता भएको भन्दै मुद्दा दायर गरेको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय र जरिबाना माग गरिएको छ।

बाँकेको कोहलपुर रोहिणीस्थित भ्युटावर निर्माणमा अनियमितता गरेको आरोपमा सो टावर निर्माण गर्ने वन उपभोक्ता समूहका अध्यक्षसहित कोषाध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर गरिएको छ ।
प्राविधिक विज्ञको सहयोग नलिइ गुणस्तरहीन र असुरक्षित भ्युटावर निर्माण गरेको भन्दै वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा, कोषाध्यक्ष बिनुकुमारी पाण्डे र सचिव दिलमाया रानाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
यस्तै, सप्‍तरी जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका घाँस विकास कार्यक्रमको पेस्की लिइ घाँस खरिद गर्दा फार्मको सञ्चालकबाट घुस लिएको आरोपमा पशु विकास अधिकृत शिव नारायण यादवविरुद्ध मुद्दा दायर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *