जुट्न सकेन संक्रमणकालीन न्याय विधेयकमा सहमति, प्रक्रिया अगाडि नबढ्ने


बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक अगाडि नबढ्ने भएको छ। आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहमति जुट्न नसक्दा विधेयक अगाडि बढ्न नसक्ने भएको हो।

तीनदिन भित्र समितिले विधेयकको टुङ्गो लगाएर दुई वटै सदनमा पठाउन पर्ने थियो। तर, हत्यालाई गम्भीर अभियोगमा राख्ने कि नराख्ने विषयमा सहमति जुट्न नसक्दा विधेयक अगाडि नबढ्ने भएको हो।

सरकारले द्वन्द्वका घटनामा व्यक्ति हत्यामा समेत उन्मुक्ति दिनेगरि विधेयक ल्याएपछि विरोध भइरहेको छ। विरोधका कारण एक महिनासम्म प्रक्रिया अघि बढ्न सकेको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *