सैनिक विद्यालयमा गोली चल्दा दुई सैनिकको मृत्यु


थाइल्याण्डको सैनिक विद्यालयमा भएको गोलीकाण्डमा दुई सैनिकको मृत्यु भएको छ । राजधानी बैंककमा अवस्थित ‘रोयल थाई आर्मी वार कलेज’ मा बुधबार भएको गोलीकाण्डमा परी अर्का एक जना घाइते भएको शाही थाई सेनाका उपप्रवक्ता सिरिचन नगाथोङले जानकारी दिएका छन् ।

स्थानीय समयअनुसार बिहान ८ बजेर ५५ मिनेटमा उक्त सैनिक विद्यालयमा गोली चलेको हो । ५९ वर्षीय सार्जेन्ट योङ्गुत मार्कोर्नकिमले गोली चलाएको शाही थाई सेनाले जनाएको छ । उनी मानसिक रुपमा अस्वास्थ रहेको हुनसक्ने बताइएको छ ।घटनापछि उनलाई नियन्त्रणमा लिइएको र गोली चलाउनुको कारण अझै स्पष्ट नभएको जनाइएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *