रणवीर र आलियाको ब्रह्मास्त्र ८ हजार स्क्रिनमा एकैपटक रिलिज गरिने


करण जोहर प्रोडक्सनमा बनेको रणवीर कपुर र आलिया भट्टको बहुप्रतिक्षित फिल्म ‘ब्रह्मास्त्र’ प्रर्दशनमा आउन केही समय मात्र बाँकी रहेको छ। फिल्मले अग्रिम बुकिङ खुला गरेको छ। २ सेप्टेम्बरसम्म २ डी, ३ डी र ४ डीका लागि अग्रिम बुकिङ खुला गरिएको थियो। रिलिज डेट नजिकिएसँगै निर्माण पक्षले प्रचारप्रसार पनि जोडतोडले शुरु गरेको छ। यही शिलशिलामा २ सेप्टेम्बरमा हैदरावादमा एस एस राजामौली र जुनियर एनटीआरको उपस्थितिमा ब्रह्मास्त्रको प्रमोशनल इभेन्ट आयोजना गरिएको थियो। जसमा करण जोहर, रणवीर कपुर, आलिया भट्ट, मौनी रोय र नागार्जुन पनि सहभागी थिए ।

ब्रमास्त्रको प्रमोशनल इभेन्टमा डिज्नी स्टारका कन्ट्री म्यानेजर एवं प्रेसिडेन्ट माधवनले यो भारतीय फिल्म मात्र नभएको बताए । यसले दुनियाँभरको यात्रा दर्शनाउने उनको दावी थियो। यसलाई ८ हजार स्क्रिनमा रिलिज गरिने तयारी गरिएको छ। भारतमा ५ हजार र विश्वभर ३ हजार स्क्रिनमा यसको रिलिज हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *