चलचित्र निर्माता संघ अध्यक्षमा नवल खड्का


चलचित्र निर्माता सङ्घको अध्यक्षमा निर्माता तथा नायक नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा सुनिलकुमार थापा, उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल, सचिवमा किसान पोखरेल र कोषध्यक्षमा ज्योतिराज राई निर्विरोध निर्वाचित भए ।

सङ्घमा बुधबार उम्मेदवारी मनोनयन दर्ता भएकोमा कसैको उम्मेदवारी नपरेपछि कार्यसमिति निर्विरोध चयन भएको हो । सङ्घको पहिलो काम निर्माता एक ठाउँमा भेला गराएर नेपाली चलचित्रको क्षेत्रको समस्याबारे छलफल, अन्तक्र्रिया गरिने खड्काले राससलाई बताए। नेपालभित्रै नेपाली चलचित्र रक्षात्मक पङ्क्तिमा परेको छ, नेपाली चलचित्रलाई ‘प्राइम टाइम’ मा देखाउने र हलले सो समय उपलब्ध गराउने उहाँको मुख्य प्राथमिकता रहेको छ ।दर्शकहरुले चाहेजस्तो चलचित्र पस्किन नसकेका कारण र सिनेमा हलले भनेजस्तो विज्ञापन र प्रचारप्रसार गर्न नसकेकाले नेपाली चलचित्रमा दर्शकको सङ्ख्या कम भएको उनको भनाइ थियो । सङ्घको मुख्य काम निर्माताका हकहित र अधिकार सुनिश्चित, लगानी डुब्न नदिनु, नेपाली चलचित्रको बजार दुरदराज ठाउँमा पु¥याउनु भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *