काठमाडौंका १० वटै क्षेत्रबाट एमालेका उम्मेदवार सिफारिस


नेकपा एमालेले आगामी निर्वाचनको लागि काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ। तीमध्ये तीनवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवारको नाम पठाएको छ।

एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो। काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ र टीकाराम भट्टराईको नाम सिफारिस गरेको पार्टीको काठमाडौं जिल्ला कमिटीले जनाएको छ।क्षेत्र नम्बर २ मा मणिराम फुयाँल र ३ मा कृष्ण राईको नाम सिफारिस भएको छ।

काठमाडौं ४ मा राजन भट्टराई र निर्मल कुँइकेल, ५ मा ईश्वर पोखरेल, ६ मा कल्पना रिजाल, योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ।यस्तै काठमाडौं-७ मा विपी ढकाल, इन्दिरा पन्त, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्तको नाम सिफारिस भएको छ।

काठमाडौं ८ बाट राजेश शाक्यको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य र विद्यासुन्दर शाक्यको नाम सिफारिस भएको छ।

एमालेले काठमाडौं १० बाट विनोद श्रेष्ठ, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन र शरब महर्जनको नाम सिफारिस गरेको जिल्ला कमिटीका ती सदस्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *