निर्वाचन आयोगमा ७६ दल दर्ता, राष्ट्रिय दल बन्ने सम्भावना कति दलको छ?


निर्वाचन नजिकिएसँगै मंसिर ४ को निर्वाचनपछि कतिवटा राष्ट्रिय दल बन्छन् भन्ने विषयमा चर्चा हुन थालेको छ। राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५२ राष्ट्रिय दलको मान्यतासम्बन्धी व्यवस्था गरेको छ। त्यसका लागि प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा सदर मतको तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दल बन्न पाउनेछन्।

चालु संसदमा ६ वटा दल राष्ट्रिय दल रहेका छन्। तत्कालिन निर्वाचनमा बाबुराम भट्टराई, राजेन्द्रप्रसाद लिङ्देन र प्रेम सुवालको पार्टीले ३ प्रतिशत मत ल्याउन नसकेर राष्ट्रिय दल नबनेकाले उनीहरू स्वतन्त्र सांसदको हैसियतमा छन्।
वैशाखको निर्वाचनमा कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७२३ रहेका थिए। आसन्न निर्वाचनमा करिब ५ लाख थपिन सक्ने अनुमान आयोगले गरेको छ। वैशाखको निर्वाचनमा १ करोड १५ लाख ४० हजार ०३८ ले मतदान गरेका थिए। यो करिब ७०।९६ प्रतिशत हो।

वैशाखमा सम्पन्न स्थानीय तहमा दलहरूले उठाएका वडाअध्यक्षले प्राप्त मतलाई ऐनले व्यवस्था गरेको प्रावधानसँग तुलना गर्ने हो भने ३ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने दलको संख्या आसन्न निर्वाचनपछि ६ वटामात्र रहन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *