एमालेले चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल पार्नेछ : केपी शर्मा ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाड्ने बताएका छन्।

शुक्रबारबाट ललितपुरको च्यासलस्थीत पार्टी कार्यालय सुरु एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले अस्तित्व नै मेटाउँछौं भन्दै एमालेलाई घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएर विजयको सुनिश्चित गर्दै अघि बढ्ने दाबी गरे।मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनलाई शान्ति पूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने उनले बताए । यसका लागि सरकारसँग वार्ता र कुराकानी तथा दबाब र निर्वाचनसँग सम्बन्धित निकायसँग छलफल गर्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले एमालेले गरेका काम र आगामी योजनाहरूका साथै देशलाई समृद्ध र सुखी नेपाली बनाउनका लागि प्रतिबद्ध भएर जनतामाझ जानुपर्ने धारणा राखे। उनले एमाले, देश र लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने गरी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *