आज कोरम नपुगेपछि मंसिर ३० मा सारियो संवैधानिक परिषद्को बैठक
आइतबार बोलाइएको बैठकमा कोरम नपुगेपछि संवैधानिक परिषद्को बैठक मंसिर ३० गतेसम्मका लागि स्थगित भएको छ । लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा प्रतिपक्षी दलका नेता अनुपस्थित भएसँगै कोरम नपुगेर बैठक स्थगित गरिएको हो।
संवैधानिक आयोगहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख र २ आयुक्त, राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष र ४ आयुक्त, निर्वाचन आयोगमा २ आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त, राष्ट्रिय महिला आयोगमा अध्यक्ष र ४ आयुक्त, राष्ट्रिय दलित आयोगमा अध्यक्ष र ४ आयुक्तको पद रिक्त छ ।
यस्तै समावेशी आयोगमा अध्यक्ष र ३ आयुक्त, आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र ४ आयुक्त, मधेसी आयोगमा ४ आयुक्त, थारू आयोगमा ४ आयुक्त र मुस्लिम आयोगमा ४ आयुक्तको नियुक्ति हुन बाँकी छ ।
अब ३० गते बस्ने बिहान ९ बजे बस्ने बैठकमा नियुक्तिका बारेमा सहमति जुटाउने प्रयास हुनेछ ।