पञ्चकोट सर्किट : एतिहांसिक र धार्मिक पर्यटकीय स्थल
पछिल्लो समय गण्डकी प्रदेशकै लोकप्रिय पर्यटकीय स्थलको रुपमा स्थापित हुँदै गएको पञ्चकोट बागलुङ्ग जिल्लामा रहेको छ । बागलुङ्ग बजारदेखि करिब आधा घण्टाको बस दुरीमा रहेको पञ्चकोट बाग्लुङ नगरपालिका वार्ड नं. ६ मा अवस्थित रहेको छ । पाँचवटा कोटहरुलाई एकीकृत रुपमा समेटेर विकास गर्न थालिएको पञ्चकोट अन्तर्गत ताराजालकोट, कारिकोट, माझकोट, रायंरायंकोट र संसारकोट समावेश छन् । पाँचवटा यी सबै कोटको आप्mनै खाले इतिहास र किंवदन्ती रहेको स्थानीय बासीहरु बताउने गर्दछन् । संक्षेपमा पाँचवटाकोट र तिनको इतिहास यस्तो छः
ताराजालकोट
कोटहरु प्राचीन राजाको इतिहाससँग पनि जोडिने गर्दछन् । बाइसे चौबिसे राज्यहरुको पालामा राजाहरुले शक्ति आर्जनको लागि भन्दै देवी शक्तिको पूजा आरधना गर्नका लागि विभिन्न कोटहरुको स्थापना गर्ने गरेको पाइन्छ ।
पाँचवटा कोटहरु मध्ये अहिले सबैभन्दा धेरै पूर्वाधार निर्माण भएको ताराजालकोटमागरुडको ठूलो मूर्ति, रेलिङ सहितको पदमार्ग,गण्डकी माताको मन्दिर, सिसिमहल, सत्संग भवन, गणेश मन्दिर, हरियाली र रमणीय पार्क, गुफा, अतिथि आवास गृह रहेका छन् भने यसै ठाउँमा ५५५५ केजीको घण्ट र १०८ फिट अग्लो विश्व शान्ति कलश निर्माणको चरणमा रहेका छन् । ताराजालकोटबाट वरिपरि रमणीय डाँडाकाँडाका साथै खुलेका हिमालको दृश्यावलोकन पनि गर्न सकिन्छ । बाह्य र आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको ताराजालकोटमा अन्य भौतिक पूर्वाधारहरु पनि बन्दै गरेको देखिन्छ ।
कारिकोट
ताराजालकोटमा रहेको हनुमानको मूर्तिभन्दा माथिल्लो डाँडाको थुम्कामा रहेको कारिकोट मन्दिरमा प्रत्येक वर्षको नवदुर्गामा विशेष पूजाआजा हुने गरेको छ । मुडुला कार्की थरकापूजारीबाट हुने सो पूजा अन्तर्गत अष्टमीका दिन भव्य पूजा आयोजना हुने गरेको छ । यस कोटमा बलिका लागि ल्याइएका जनावरलाई बाँध्नका लागि जमिनबाट एउटा अंकुश निस्कने किंवदन्ती रहेको छ । भनाई अनुसार सो अंकुश सुनको हुन्छ भन्ने चर्चा परिचर्चा त्यहाँ चल्दछ । कारिकोट मन्दिरमा परम्परागत समयदेखि राखिएका विभिन्न तरवार र दाउहरु पनि देख्न पाइन्छ । डाँडाको थुम्कामा रहेकाले यस मन्दिरको वरिपरिबाट विभिन्न हिमाल र अन्य रमणीय दृश्यहरुअवलोकन गर्न सकिन्छ । स्वामी कमलनयन आचार्यको विशेष चासोले पछिल्लो समय यो कोटमा उत्कृष्ट मन्दिर र सत्तल तयार भएका छन् ।
माझकोट
कारिकोट भन्दा १५ मिनेट माथिको थुम्कामा माझकोट रहेको छ । भुर्रे राजाहरु बसेको विश्वास गरिने यस ठाउँमा पनि देवी भगवतीको मन्दिर रहेको छ । यस मन्दिरमा पनि हरेक वर्ष दशैैंको नवरात्री भर विशेष पूजा आजा र बलि दिने गरिन्छ । ब्राह्मण पूजारीले पूजा संचालन गर्ने यस मन्दिरमा पछिल्लो समय सत्तल र अन्य पूर्वाधारहरु निर्माणको चरणमा रहेको देख्न सकिन्छ ।
रायंरायंकोट
माझकोटबाट ४०–५० मिनेटमा पुगिने रायंरायंकोटमा ढुंगामा घण्टी र ध्वजा पताका भएको देख्न सकिन्छ । यस कोटको सम्बन्धमा किंवदन्ती अनुसार बाह्रौ र तेह्रौ शताब्दी ताकाका कुनै एक भुर्रे राजा शिकार खेल्न जंगलमा बस्दा उनले मानिसको रुप बदली दरवारमा आउने गर्थे । यसरी भेष बदली आउँदा रानीले जल, अक्षता र पानी आदि मन्त्रेरछर्कि दिएपछि आप्mनो पहिलेको स्वरुपमा परिणत हुन्थे । एकचोटी राजा पुनः शिकार खेली दरवारमा फर्कंदा राँगाको रुपमा सिंगौरी खेल्दै आप्mनो सिङले जमिनका ढिस्काहरु उधिनी हाई–हाई गरी कराउँदै आइरहेको अवस्थामा रानी डराई दरबारको एक कुनामा लुकेको र रांगारुपी राजा दरबार वरपर निकै समयसम्म घुम्दा पनि रानीले पूर्ववत् रुपमा अक्षता–पानी नछर्कि दिएकाले अन्तमा राँगारुपी राजा ओडारमा अलप भएको र पछि रानी पनि सोही ओडारमा हराएको भनिन्छ । राजा राँगोको रुपमा अलप भएकाले यस ठाउँको नाम रोयंरायंकोट रहन गएको किँवदन्ती छ।
संसारकोट
पञ्चकोटको अन्तिम कोट र अन्तिम बिन्दुमा संसारकोट अवस्थित छ । बागलुङ जिल्लाको दोश्रो अग्लो पहाड मानिएको संसारकोट सिमले गाउँबाट करिब ८००० फुट उचाईमा रहेको छ । संसारकोटमा पहिले पहिले भुरे राजा रजौटाका दरबारका केही भग्नावशेष, धान कुट्ने ढिकी, ओखल जस्ता केही ढुंगाहरु देखिने गर्दथे भने अहिले जताततै घना झाडीले ति पुरिएको देखिन्छ । पञ्चकोटबाट करिब ९० मिनेट उकालो हिँडे पश्चात पुगिने संसारकोटको चुचुरोबाट हेर्दा वरिपरी हरिया पहाडहरु, पाखा पखेरा, झरनाहरु र खोलाहरुका साथै उत्तरमा रहेका धवलागिरी, नीलगिरी, माछापुछ«े, अन्नपूर्ण जस्ता सुन्दर हिमश्रंखलाहरु देखा पर्दछन् । यस ठाउँबाट दुरविनको मद्दतले पर्वतको कार्किनेटा, म्याग्दी, गुल्मीका केही पहाडी थुम्का, कास्की र मुस्ताङ्का केही गाउँहरुका साथै कास्कीको फेवाताल, पश्चिमको घुम्टेको लेक र शोलेको धुरी, ढोरपाटनको धुरी र दक्षिणको गाँजाको धुरी देख्न सकिने बताइन्छ । हामीसँग दुरवीन नभएकाले हामीले त्यो पहिल्याउन सकेनौं । घना जंगलको शिखरमा रहेको संसारकोटमा बाघ, भालु, चितुवा, दुम्सी, मृग, मयुर र च्याखुरा, कालिज जस्ता जनावर पाइन्छन् ।
पञ्चकोट र स्वामी कमलनयनाचार्य
वि.सं. २०७१ सालमा बृहत् महायात्रा आयोजना गरी निर्माण थालिएको पञ्चकोट छोटो समयमै देशकै धार्मिक–सांस्कृतिक पर्यटकीय स्थलको रुपमा चर्चित बनेको छ । मुक्तिनाथ पीठाधिश्वर बाबा कमलनयनाचार्यको जन्मस्थलको रुपमा रहेको पञ्चकोटधाम मुक्तिनाथ बाबाको बृहत् सपना हो । वि.सं. २०२३ साल ज्येष्ठ ११ गते बाग्लुङ जिल्लाको भान्सा गाउँमा माता कौशल्यादेवी र पिता जयनारायण आचार्यको पुत्रका रुपमा जन्मिएका कमलनयनाचार्यको नेपालको विभिन्न देवस्थल, तीर्थस्थलहरुको संरक्षण, संवर्धन, सनातन वैदिक धर्म–संस्कृति,पौरासय सभ्यताको नवजागरण एवं नेपाल राष्ट्रियताको उद्बोधनमा निकै ठूलो र गर्विलो योगदान रहेको पाइन्छ ।
अध्यात्मबाटै राष्ट्रको उन्नति गर्न सकिन्छ, एवं संस्कृति र संस्कार देशका पहिचान हुन र सदाचार, सद्विचार र सत्कर्मबाट नै सामाजिक परिवर्तन हुन्छ भन्ने विश्वास राख्ने बाबा आध्यात्मिक जगत्का राष्ट्रवादी सतपुरुषको रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा परिचित रहेका छन् । पञ्चकोटधामलाई बाबा कमलनयनाचार्य सबै धर्मको पवित्रस्थलको रुपमा विकास गर्ने दिर्घकालीन सोचका साथ अगाडि बढिरहेको पाइन्छ ।
धार्मिक÷सांस्कृतिक पर्यटन र पञ्चकोट
मानिस आपूm जन्मेको समाज र संस्कृति अनुसार विभिनन धार्मिक समुदायसँग आबद्ध हुने गर्दछ जुन पुस्तौंदेखि चल्दै र हस्तान्तरण हुँदै आएको हुन्छ । धार्मिक आस्थाका कारण आप्mनो धर्मसँग सम्बन्धित पवित्र तीर्थ स्थलहरुमा गरिने यात्रालाई धार्मिक पर्यटनको रुपमा लिने गरिनेछ । भनिन्छ समग्र पर्यटनको शुरुवात नै धार्मिक पर्यटनबाट भएको हो । संस्कृति, सांस्कृतिक सम्पदा र कला, पर्यटकलाई आकर्षण दिने प्रमुख विषयवस्तु हुन् ।
कुनै पनि स्थान वा मानिससँग सम्पर्क र छलफल गर्ने तथा उनीहरुका चालचलन र परम्परा बुभ्mन इच्छा राख्ने पर्यटकीय गतिविधि सांस्कृतिक पर्यटन हुन् । धार्मिक सांस्कृतिक जागरणका अग्रणी मुक्तिनाथ पिठाधिश्वर श्री कमलनयनाचार्य बाबाको पहलका कारण पञ्चबोट धार्मिक सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्य बन्दै गएको आभाष मिल्छ ।