कांग्रेस-कम्युनिस्टको चक्रव्यूहबाट देशलाई मुक्त गर्न निर्वाचन अवसर : राजेन्द्र लिङदेन


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचनलाई अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नेपाली कांग्रेस र कम्युनिस्टका कारण मुलुक बबार्दीतर्फ गइरहेको भन्दै उनीहरूको चक्रव्यूहबाट देशलाई मुक्त गर्न निर्वाचनलाई अवसरका रूपमा लिनुपर्नेमा जोड दिए ।

लोकतन्त्र र गणतन्त्रको नाममा भ्रष्टाचार र लुटतन्त्र मच्चाएको भन्दै उनले अबको निर्वाचनमा जनता सचेत हुनुपर्ने बताए । आउँदो मंसिर ४ गतेको निर्वाचनलाई सामान्य नियमित प्रक्रिया मात्र नसम्झन उनले आग्रह गरे ।

देशलाई सही दिशामा अघि बढाउन निर्वाचनमा स्वस्तिक छापलाई सही ढंगले प्रयोग गर्नुपर्ने उनले उल्लेख गरे ।

कार्यक्रममा विभिन्न राजनीतिक दलबाट आएका कार्यकर्तालाई अध्यक्ष लिङदेनले पार्टीमा स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *