मुलुकभर ९५ प्रतिशत राेपाइँ सम्पन्न, कुन प्रदेशमा कति राेपाइँ?


नेपालमा साउन २३ गते सम्म ९५ प्रतिशत राेपाइँ सम्पन्न भएको छ ।

कृषि मन्त्रालयकाअनुसार गतवर्ष यस अवधिमा ९८ प्रतिशत धान राेपाइँ सम्पन्न भएको थियो ।  गतवर्षको तुलनामा यस वर्ष करिब पाचँ प्रतिशत कम धान राेपाइँ हुने मन्त्रालयले प्रक्षेपण गरेको छ ।

मधेस प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन ढिलो भएको कारण यो वर्ष राेपाइँमा कमी आएको मन्त्रालयको ठहर छ । यस वर्ष करिब ३ प्रतिशतले राेपाइँमा कमी आउने मन्त्रालयले दाबी गरेको छ । मनसुन ढिलो हुदाँ ढिलो धान राेपाइँ भएको कारण अन्तिमसम्म ९७ प्रतिशत मात्र राेपाइँ हुने मन्त्रालयको अनुमान रहको छ ।

मन्त्रालय दिएको तथाङ्कअनुसार अहिलेसम्म सबैभन्दा धेरै सुदूरपश्चिममा र कम मधेस प्रदेशमा राेपाइँ भएको छ ।

सुदूरपश्चिम प्रदेशमा ९९.२ प्रतिशत राेपाइँ सम्पन्न हुदाँ मधेस प्रदेशमा ८८.६ प्रतिशतमात्र राेपाइँ भएको छ ।

यस्तै प्रदेश नम्बर १ मा ९३.५ प्रतिशत, बागमती प्रदेशमा ९२.९ प्रतिशत, गण्डकी प्रदेशमा ९६.१ प्रतिशत, लुम्बिनी प्रदेशमा ९०.२ प्रतिशत, कर्णाली प्रदेशमा ९६.४ प्रतिशत धान राेपाइँ सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *