हनुमानजीका १० शस्त्र अस्त्र र वाहन
अचेल,राजनीतिक वृतमा हनुमानहरु बदनाम छन्।तर यहां भन्न खोजिएका हनुमानजी चाहि उदाहरणीय हुन्। तपाईंले रामायण ग्रन्थ पढ्नु सुन्नु भएको छ भने रामभक्त हनुमानजीको बारेमा जानकार हुनुहुन्छ ।
हिन्दु धर्ममा उनको भक्ती र वीरताको निकै चर्चा सुनिन्छ । तर तपाईंलाई महाबली हनुमानजीसँग कति प्रकारका शस्त्रअस्त्रत्र थिए र उनी कुन वाहनमा चढ्दथे भन्ने बारे थाहा नहुन सक्छ । हामीले यहाँ यसका बारेमा चर्चा गरेका छौं ।खड्गं त्रिशूलं खट्वाङ्गं पाशाङ्कुशसुपर्वतम् ।
मुष्टिद्रुमगदाभिन्दिपालज्ञानेन संयुतम् ।। ८।।
एतान्यायुधजालानि धारयन्तं यजामहे ।
प्रेतासनोपविष्टं तु सर्वाभरणभूषितम् ।। ९।।
हनुमानजीको वाहन हनुमत्शहस्त्रनामस्तोत्र को ७२ हौँ श्लोकमा उनलाई वायुवाहन भनिएको छ । यसको मतलव उनको वाहन भनेकै वायु हो । उनी वायुमा सवार भएर अत्याधिक वेगले एक स्थानबाट अर्को स्थानमा जान्थे ।
हनुमानजीका शस्त्रअस्त्र
हनुमानजीको मुख्य शस्त्रअस्त्र भनेको गदा हो । कुबेरले उनलाई गदाघातबाट अप्रभावित हुनेको वरदान दिएका थिए ।
उनी वज्रांग पनि हुन् । यमले उनलाई दण्डले अभयदान दिएका थिए । भगवान शंकरले शुल एवम पाशुपत, त्रिशुल आदि अस्त्रहरुबाट अभय हुने वरदान दिएका थिए ।
यसबाहेक उनका शस्त्रअस्त्र निम्नानुसार छन् ।
१। खड्ग
२। त्रिशुल
३। खट्वाङ्ग
४। पाश
५। पर्वत
६। अंकुश
७। स्तम्भ
८। मुष्टि
९। गदा
१०। वृक्ष
हनुमानजीको बायाँ हात गदाले युक्त मान्ने गरिन्छ । वामहस्तगदायुक्तम् श्री लक्ष्मण र रावणको बीचमा भएको युद्धमा हनुमानजीले रावणबिरुद्ध युद्धमा गदाको प्रयोग गरेका थिए ।