डिप्रोक्स लघुवित्तको १ लाखभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा


डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख २८ हजार ८१२ कित्ता संस्थापक शेयर असार १६ गतेदेखि लिलामीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता रू। ५०८ तोकेर उल्लेखित शेयर लिलामीमा ल्याएको हो ।

यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी लगाएत अन्य व्यक्ति तथा संस्थाहरूले असार २३ गते अपरान्ह ३ बजेभित्र विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडमा निवेदन दिनुपर्नेछ ।

आवेदन दिँदा न्यूनतम १०० कित्ता वा सोभन्दा बढी १० ले भाग जाने संख्यामा अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त गोप्यशिलबन्दी बोलपत्र असार २४ गते विहान १० बजे विक्रीप ्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम तय भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *