प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक


आगामी मंसिर २८ गते आइतबार ९ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्।सत्तारूढ दलभित्रै र प्रमुख प्रतिपक्षी दलसँग पनि भागबन्डा नमिल्दा झण्डै ४ दर्जन पद रिक्त छन्।
संवैधानिक आयोगहरूले पूर्णता पाउन सकेका छैनन् ।

बैठकमा संवैधानिक नियुक्तिको कार्यसूची रहने स्रोतले बतायो।

राष्ट्रिय मानवअधिकार आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख सहित चार र दुई सदस्य खाली छन्। निर्वाचन आयोगमा दुई आयुक्त खाली छन्।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पनि सदस्यहरू रिक्त छन्। राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *