गोकुल बाँस्कोटाको टिप्पणी ,‘ओली को हो भन्नेलाई आफनै मन्त्रीले टेरेनन्’


नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पार्टीबाटै मन्त्री बनेकाहरुलेसमेत नटेरेको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाललाई कटाक्ष गर्दै बाँस्कोटाले लेखेका छन्, ‘हिजो ओली को हो र उनको निर्णय मान्नु पर्ने म नेता हुँ नेता भनेर छाती पिट्ने माधव नेपाललाई आज उनकै निर्णय उनकै मन्त्रीहरुले टालो बनाएर फाल्दिदा कस्तो लागेको होला।’ भनेका छन् ।एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुप्रति लक्षित गर्दै उनले नयाँ मन्त्री बन्न सिफारिस भएका संसद हलमा छिर्दा मन्त्री बाहिर निस्कने मन्त्री संसदहलमा देखेपछि नयाँ मन्त्री बन्न तयार रहेकाहरु बाहिर निस्कने गरेको दृश्य एक सातादेखि नै देखिरहेको बताएका छन् । ‘म्यादी भित्र जाँदा उम्मेदवार बाहिर निस्कने उम्मेदवार मन्त्रीभित्र जाँदा म्यादी निस्कने दृष्य एक हप्तादेखि सदनमा देख्न पाइएकै छ।’उनले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *