काठमाडौंमा साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने
काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि जैविक (कुहिने)र अजैविक (नकुहिने) फोहोर छुट्याएर नराखे कारबाही गर्ने भएको छ। बिहीबार एक सूचना जारी गर्दै महानगरले कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको हो।कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने महानगरको चेतावनी छ।
कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरको सूचनामा उल्लेख छ। कुहिने र नकुहिने फोहोर नछुट्याए त्यहाँबाट फोहोर नउठाउने पनि महानगरले बताएको छ।