भदौबाट फिल्म ‘ग्रहण’ छायांकनमा जाने


राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने भनिएको फिल्म ‘ग्रहण’ को छायांकन भदौबाट हुने भएको छ । घोषणाको समयमा मेलाई छायांकन डेट टार्गेट गरिएता पनि वर्षायाम भएकाले भदौबाट छायांकन सुरु गर्ने फिल्मका प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मीले बताए । उनले फिल्मको प्रि(प्रोडक्सनको काम भइरहेको जानकारी दिँदै निर्धारित समयमा नै छायांकन हुने बताए ।

‘हामीले फिल्म घोषणाको समयमा भनेको डेट कन्फर्म नभई टार्गेट थियो । मौसम बिग्रिने, वर्षा हुने समस्याको कारण हामीले भदौबाट छायांकन गर्ने तयारी थालेका छौँ’ उनले भने । रेग्मीको अनुसार फिल्मको छायांकन भदौको पहिलो साताबाट हुनेछ । फिल्ममा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार फाइनल भइसकेका छन् ।
अन्य कलाकार र टिमको विषयमा केही समय पश्चात निर्माण टिमले जानकारी दिनेछ । फिल्मको छायांकन उपत्यकामा १५ दिन र सिक्किमको विभिन्न स्थानमा २० दिने गर्ने प्रारम्भिक सेड्युल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *