इथियोपियाको ओरोमियामा आतंकवादी हमला,२०० जनाको मृत्यु


इथियोपियाको ओरोमिया इलाकास्थित अमहारा समुदायका २०० भन्दा बढी मानिसहरु मारिएका छन्। त्यहाँका एक प्रत्यक्षदर्शीले आफ्नो जीवनकालमै यस्तो नरसंहार पहिलोपटक देख्नुपरेको समाचार संस्था एपीलाई बताएका छन्।

मैले नै २३० शव गनें, गिम्बी काउन्टीका प्रत्यक्षदर्शी अब्दुल सइद तहिरले भने, मलाई एकदम डर लागिरहेको छ कि यस्तो नरसंहार जीवनमा कहिल्यै देख्नुपरेको थिएन। हामी यी शवहरु अन्तिम संस्कारका लागि संकलन गर्दैछौं।

तहिरले आक्रमणमा बिद्रोही समूह ओरोमो लिबरेसन आर्मीको हात रहेको आरोप लगाएका छन्। तर उक्त समूहले आक्रमण नगरेको दाबी गरेको छ। सरकारी सेनाहरु घटनास्थलमा पुगेका छन्। यद्यपि उनीहरु फर्केमा पुन हिंसा भड्कने डर रहेको तहिरले बताए।

इथियोपिया अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको दोस्रो मुलुक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *