एन्फा अध्यक्षमा पंकजविक्रम नेम्बाङ विजयी

नेपाली फुटबलको सर्वेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज विक्रम नेम्वाङ विजयी भएका छन् ।
सोमबार भएको चुनावमा कर्माछिरिङ शेर्पालाई पछि पार्दै नेम्वाङ अध्यक्ष बनेका हुन् । नेम्वाङले ४५ मत प्राप्त गर्दा यसअघि अध्यक्ष रहेका शेर्पाले ३९ मत पाए । नेम्वाङ भने यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
अध्यक्षका अर्का प्रत्यासी राजु पौडेलले भने एक मत पनि पाएनन् ।