राप्रपाले बुझायो प्रधानमन्त्री देउवालाई २२ बुँदे ज्ञापनपत्र
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष २२ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष २२ बुँदे ज्ञापनपत्र बुझाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ज्ञापनपत्रमार्फत राप्रपाले राजनीतिक, समसामयिक र जनजीविकाका सवालहरू उठाएको श्रेष्ठले बताए ।
प्रतिनिधिमण्डलमा पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, आन्दोलन परिचालन समितिका संयोजक उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्षहरू, महामन्त्रीहरूलगायतका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेको पनि उनले जानकारी दिएका छन् ।