एसपीपीबारे प्रधानमन्त्रीले संसद्‌मा आएर जवाफ दिनुपर्छ : गगन थापा


सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले अमेरिकासँग हुने भनिएको एसपीपी सहकार्यबारे सरकारले संसद्मा जवाफ दिनुपर्ने माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामरिक रणनीतिको एसपीपी सहकार्य नेपालले गर्न नहुने र गर्न नदिइने बताए । उनले कांग्रेसको पनि यही धारणा भएकाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा उभिएर जवाफ दिनुपर्ने माग गरे ।“प्रधानमन्त्री मेरो पार्टीको सभापति पनि हुुनुुहुन्छ । नेपाल एसपीपीजस्तो सामरिक स्वार्थ भएको कार्यक्रममा सहभागी हुनु हुँदैन,” थापाले भने, “आजै अहिले नै यो बैठकमा आएर प्रधानमन्त्रीले आफैँले यस्तो किसिमको सम्झौता उहाँकै भाषामा ‘गर्दैन गर्दैन गर्दैन’ भनेर भन्नुपर्छ ।”

उनले सञ्चारमाध्यममा १० बुँदाको सहकार्य प्रस्ताव रहेको भन्दै सम्झौता के हो, कसको पालमा सुरु भएको र कहाँँबाट आएको ? भन्दै प्रश्न गरे ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको समयमा सैन्य सम्झौता हुने भनी केही मस्यौदा सार्वजनिक भएको थियो। उक्त मस्यौदालाई लिएर अहिले विवाद सुरु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *