फोहोरले सङ्कटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको छ: भीम रावल
एमाले सांसद भीम रावलले काठमाडौँमा फोहोर सङ्कटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् ।काठमाडौंको फोहोर व्यवस्थापन नगर्दा फोहोर संकटकालको स्थिति उत्पन्न भइसकेको भन्दै सफा गरेर देखाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।
सांसद रावलले काठमाडौंको फोहोर सफा गर्न नसक्नेले अर्थतन्त्रमा ठूलो चमत्कार गरेर देखाउँछौँ भनेर जनतालाई भ्रममा राख्न खोजेको बताए ।उनले राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा सरकार डराएको पनि टिप्पणी गरे ।