फिल्म ‘द सिक्रेट्स अफ राधा’ भदौ १० मा प्रदर्शन हुने
निर्देशक सुवर्ण थापाको निर्देशनमा बनेको फिल्म ‘द सिक्रेट्स अफ राधा’को प्रदर्शन मिति सार्वजनिक भएको छ। फिल्म भदौ १० गते प्रदर्शन हुने भएको हो।
फिल्मका निर्देशक थापाले फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै मंगलबार प्रदर्शन मिति घोषणा गरेका हुन्।फिल्ममा अभिनेत्री श्रृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, सौगात मल्ल, मेनुका प्रधान लगायतका कलाकार मुख्य भूमिकामा रहेका छन्।
त्यस्तै, अभिनेता दिव्यदेव पन्त, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, निश्चल बस्नेत, दयाहाङ राईलगायतलाई पनि फिल्ममा देख्न सकिनेछ।
निर्देशक थापाकै कथा रहेको यो फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन्। फिल्ममा सम्पादन निमेश श्रेष्ठको रहेको छ। फिल्मलाई सौगात मल्ल, देवकी विष्ट र हिराल जोशीले निर्माण गरेका हुन्।