लोसपाले प्रधानमन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा जाने चर्चा चलिरहेका बेला सरकारलाई ज्ञापनपत्र पेस गरेको छ।

लोसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएका हुन्।ज्ञापनपत्रमा विभिन्न ११ बुँदामा माग राखिएको छ। ​थरुहट आन्दोलन र मधेस आन्दोलनका क्रममा कैद सजाय भोगिरहेका र रेशम चौधरीको रिहाइ लगायतका माग लोसपाले समेटेको छ।

कालोबजारी र महँगी नियन्त्रण अविलम्ब गर्नुपर्नेलगायतका विषय पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *