प्रतितोला साढे ९७ हजार रुपैयाँमा कारोबार हुँदै सुन
नेपाली बजारमा मंगलबार सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँका कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार एक सय रुपैयाँ रहेको सुन मंगलबार ६ सय रुपैयाँले घटेको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला एक हजार एक सय ६ रहेको चाँदीको मूल्य आज बढेर १ हजार दुई सय ७५ रुपैया पुगेको छ ।