वाग्मतीसहित तीनवटा प्रदेशमा बिहानैबाट वर्षा


काठमाडौं उपत्यकामा आइतवार बिहानै वर्षा भएको छ।काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानमा वर्षा भएको हो।मौसम विभागका अनुसार अहिले नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

जसका कारण वर्षा निरन्तर भइरहेको विभागको भनाइ छ ।विभागका अनुसार, आज दिउँसो प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशका अन्य पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ।

यस्तै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *