फिल्म ‘कबड्डी-४’ले एक सातामै कमायो १५ करोड


अभिनेता दयाहाङ राई, मिरुना मगर र सौगात मल्ल स्टारर् ‘कबड्डी–४ः द फाइनल म्याच’ले बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । फिल्मका वितरकका अनुसार ‘कबड्डी–४’ले एक सातामा नै १५ करोडको बक्स अफिस कलेक्शन गर्न सफल भएको छ । योसँगै एक सातामा सर्वाधिक कलेक्शन गर्ने फिल्मको समेत रेकर्ड बनाएको छ ।

गत शुक्रबारदेखि दर्शकमाझ प्रदर्शनमा आएको ‘कबड्डी–४’ले पहिलो दिन नै तीन करोड बढीको बक्स अफिस कलेक्शन गरेको थियो । फिल्मले सर्वाधिक अग्रिम टिकट बुकिङ हुने पहिलो फिल्म, घरेलु बक्स अफिसमा सर्वाधिक ओपनर तथा अत्याधिक शो पाउने पहिलो फिल्मलगायतका रेकर्ड राखिसकेको छ ।

अहिलेसम्मकै छोटो समयमा धेरै कलेक्शन गर्ने फिल्म बनेको ‘कबड्डी–४’ले अझैँ पनि दर्शकहरुको राम्रो साथ पाइरहेको छ । निर्माण पक्षका अनुसार फिल्मले प्रदर्शन अगाडि नै डिजिटल र ओभरसिज राइट्सबाट लगानी उठाइसकेको छ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया गुरुङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, उपेन्द्र सुब्बालगायत कलाकारहरु मुख्य भूमिका छन् । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *