मिरुना र फुर्पा दुवैले हात जोड्दै एक अर्कासँग मागे माफी


नायिका मेरुना मगर र उनलाई दुर्व्यवहार गरेको आरोप लागेका फुर्पा तामाङ पक्षबिच सहमति भएको छ।

दुवै पक्षका अभिभावकहरुले छलफल गरेर आगामी दिनहरुमा यस विषयलाई लिएर विवाद नगर्ने, एक अर्कालाई अनावश्यक टिका टिप्पणी नगर्ने तथा समाजमा धार्मिक तथा साम्प्रदायिक द्वेश फैलन नदिन सबै सरोकारवाला निकाय, जातीय तथा धार्मिक संघ संगठनहरुसमक्ष अपिल गर्दै सहमति गरेका हुन्।

आइतवार दिउँसो सुन्धरास्थित एक सिनेमा हलमा युवकले आफूलाई दुर्व्यवहार गरेको भन्दै मगरले प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएको थियो।

ती युवकले कुनै पनि अभद्र व्यवहार नगरेको र उनी भिक्षु रहेको भन्दै प्रर्दशनकारीले युवकको रिहाइको माग गरेका थिए। यद्यपि, युवक हाल प्रहरीको हिरासतबाट रिहा भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *