चुनावमुखी बजेट ल्याएको एमालेको निष्कर्ष,भण्डाफोर गर्न ओलीको निर्देशन
नेकपा (एमाले)ले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको निष्कर्ष निकालेको छ । संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले पाँ महिना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकी चुनावमुखी र मत माग्ने हिसाबले बजेट ल्याएको निष्कर्ष निकालेको हो ।
सरकारले २५ वर्षमा पूरा नहुने योजना ल्याएको र यसले बजेटको जवाफदेहीतामा पनि प्रश्न उठ्ने ठहर गरेको छ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तर्कसंगत हिसाबले अध्ययनशील भएर प्रस्तुत हुन निर्देशन दिएका थिए । त्यस्तै ओलीले गलत र अनुचित कुरालाई जनतामाझ भण्डाफोर गर्नेगरी प्रस्तुत हुन निर्देशन दिनुभएको भट्टराईले बताए ।