चलचित्र, होटेललगायत पर्यटकीय उद्योगहरूलाई आयकरमा ५० प्रतिशत छुट
कोभिड-१९ महामारीबाट बढी प्रभावित भएका होटेल, ट्राभल, ट्रेकिङ, चलचित्र उद्योग जस्ता पर्यटन क्षेत्रका उद्योगसँग सम्बन्धित व्यवसायहरूको व्यवसायिक कर योग्य आयमा ५० प्रतिशत कर छुट दिने व्यवस्था सरकारले मिलाएको छ ।
आइतबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका हुन् ।