ब्राजिलमा जब सडकभरी पैसाको वर्षा भयो


करिब ३० जना हतियारधारी लुटेराहरुले ब्राजिलको सान्टा काटारिना राज्यको क्रिस्यु शहरमा नाटकीय रूपमा बैंक डकैती गरेका छन्। दक्षिणी ब्राजिलको उक्त शहरलाई पूरै नियन्त्रणमा लिइ लुटेराहरुले बैक लुटेका हुन्।

प्रहरीसँग मुठभेड सुरु भएपछि लुटेराहरुले सडकमा पैसा छरेर भागेका थिए। पैसा छरिदिएपछि स्थानीयहरु घर बाहिर निस्केर पैसा टिप्न थाल्ने र प्रहरीबाट उनीहरु उम्किन सजिलो हुने रणनीति अनुसार उनीहरुले ठूलो परिमाणमा पैसा बाटोमा छरेका हुन्।शहरका मेयर स्लेसियो सालभारोले उक्त आक्रमणको जानकारी पाए लगत्तै स्थानीय बासिन्दालाई घरबाट बाहिर ननिस्किन चेतावनी दिएका थिए।
उनले ट्विटरमार्फत भिडियोबाट शहरमा आक्रमण भएको जानकारी दिँदै शहरमा लुटपाट मच्चिएकोले आफू र आफ्ना परिवारजन तथा साथीभाईहरु कसैलाई पनि घर बाहिर नजान भन्न समेत अह्राएका थिए। प्रहरीलाई लुटेराहरु नियन्त्रणमा लिन सहज होस् भन्नाका लागि सर्वसाधारणहरुलाई घर भित्रै बस्न भनिएको थियो।ऐजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *