आर्थिक वर्ष २०७८/७९मा वित्तीय क्षेत्रमा १५५६ वटा संकास्पद कारोबार
आर्थिक वर्षको २०७८/७९ फागुनसम्ममा १५५६ वटा वित्तीय क्षेत्रमा संकास्पद कारोबार भएका छन् । वित्तीय जानकारी ईकाइका अनुुसार संकास्पद विवरण प्राप्त भएकामध्ये ४६४ वटामा विल्लेषण गरिएको विवरण शनिबार अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्भेक्षणमा उल्लेख छ । यसमध्ये २६५ वटा अभिलेखिकरण गरिएको र १९९का विष्लेषण गरि अनुसन्धानमा पठाइएको छ ।
त्यस्तै, वित्तीय जानकारी ईकाइमा रहेको सूचनालाई सम्भावित जोखिमबाट बचाउन डाटा रिकभरी प्रणालीलाई सरकारी एकिकृति तथ्यांक केन्द्रमा आवद्ध गरिएको छ ।
यसको गोएएमएलमा हाल १२ वटा बीमा कम्पनीहरु पनि आवद्ध भएको तथ्यांकमा उल्लेख छ । त्यस्तै, गोएएमएल टेष्टमा बीमा कम्पनी, धितोपत्र व्यवसायी, विप्रेषण कम्पनी, सहकारीलाई आवद्ध गराइएको छ ।