ओली र प्रचण्डबीच बालुवाटारमा कुराकानी


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न प्रचण्ड बुधबार विहान ११ बजे बालुवाटार पुगेका थिए । पछिल्लो समय स्थायी कमिटीमा दुई छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका नेकपाका अध्यक्षद्वयबीच सम्बन्ध बिग्रिएको छ ।
प्रचण्डले पेश गरेको दस्तावेज प्रतिवेदन नभई आरोपपत्र मात्र भएको र यस विषयमा पार्टी कमिटीमा छलफल गर्न नसकिने ओलीले बताउँदै आएका छन् ।
उनीहरुबीच २५ दिनपछि गत मंसिर २१ गते एक्लाएक्लै भेट भएको थियो । त्यसपछि बुधबार भेटेका हुन् ।

ओलीले प्रचण्डको प्रस्तावमा छलफल नगर्न स्थायी कमिटीलाई पत्र समेत पठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *