सुनको मूल्य घट्यो, यस्तो छ आजको भाउ


काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९४ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा ७ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ९५० निर्धारण गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १२१५ रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *