मधेस प्रदेशका केही स्थानमा वर्षा, दिउँसो हावा हुरीसहित पानी पर्ने
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहाज प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेशलागायत अन्य प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ । प्रदेश-१ र मधेस प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र वाग्मती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
हाल नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ ।