नेपाललाई विदेशी फिल्म छायांकनको आकर्षक गन्तव्यको रुपमा विकास गर्ने सरकारको नीति
केही समय यता नेपाललाई विदेशी फिल्मको छायांकनको लागि गन्तव्यको रुपमा चिनाउनु पर्ने आवाज उठिरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विदेशी कलाकारहरूलाई नेपाल ल्याउने र नेपालको स्थानलाई प्रवर्द्धन गर्ने विभिन्न फिल्मी कार्यक्रममा बताउँदै आइरहेका छन् । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आगामी आर्थिक वर्ष २०७९र८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुलुकलाई छायांकन गन्तव्यको रुपमा विकास गर्ने उल्लेख गरेकी छिन् ।सरकारले नेपाललाई विदेशी फिल्म छायांकनको आकर्षक गन्तव्यको रुपमा विकास गर्ने नीति लिएको हो ।
फिल्ममार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको कला, संस्कृति र भौगोलिक विविधता तथा सुन्दरताको प्रचारप्रसार गर्ने योजना सहित सरकारले यसलाई प्राथमिकतामा राख्ने राष्ट्रपति भण्डारीले बताइन् ।
राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।