भूल भूलैयाँ २का अघि चलेन कंगना रानवतको धाक्कड
कंगना रनावतको फिल्म धक्कडले भारतीय बक्स अफिसमा राम्रो व्यापार गर्न असफल भएको छ। ३ दिन अघि रिलिज भएको फिल्मले विकेन्डमा ४ देखि ५ करोड रुपैयाँ कमाउने अनुमान गरिएको थियो। कोइमोइका अनुसार धक्कडले ३ दिनमा करिब दुई करोड रुपैयाँमात्र कमाएको छ।
कंगनाको एक्सन अवतार रहेको यस फिल्ममा अर्जुन रामपालको पनि मुख्य भूमिका छ। आउने दिनमा फिल्मले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ। यो फिल्म चाँडै ओटीटीमा आउन सक्ने बताइएको छ।
कंगनाको फिल्मलाई कार्तिक आर्यन र कियारा आडवानी अभिनित फिल्म भूल भूलैयाँ २ले टक्कर दिएको छ। उक्त फिल्मले विकेन्डमा बक्स अफिसमा राम्रो कमाइ गरेको छ। तीन दिनमा भूल भूलैयाँले ५६ करोड भारतीय रुपैयाँ कमाएको छ।