मेसी माथी रोनाल्डो भारी, बार्सिलोनामाथि युभेन्ट्सको शानदार जीत


खेलप्रेमीले मेसी र रोनाल्डोबीचको प्रतिस्पर्धाका रुपमा बढी हेरेको युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मङ्गलबार राति सम्पन्न समूह जी को खेलमा इटालियन क्लब युभेन्ट्सले जीत हासिल गरेको छ । युभेन्ट्सले बार्सिलोनालाई उसैको मैदानमा ३-० ले हराएको हो ।

युभेन्ट्सको जीतका लागि वेस्टन म्याकेनीले एक गोल र क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए । रोनाल्डोले दुवै गोल पेनाल्टीमार्फत गरेका थिए ।खेलको १३औं मिनेटमा पाएको पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा म्याकेनीले गोल गरेपछि युभेन्ट्सको अग्रता दोब्बर भयो ।

खेलमा फर्कन प्रयासरत बार्सिलोनालाई दोस्रो हाफको सुरुवाती समयमै अर्को झट्का लाग्यो । ५२औं मिनेटमा युभेन्ट्सले अर्को पेनाल्टी पायो जसमा रोनाल्डो चुकेनन् । ३-० ले अघि बढेको युभेन्टसविरुद्ध गोल फर्काउन प्रयास गरे पनि सफल नहुँदा बार्सा स्तब्ध हुन पुग्यो ।यस खेललाई

जीतसँगै युभेन्ट्सको ६ खेलबाट १५ अंक भएको छ भने बार्सिलोना पनि हारपछि १५ अंकमै सीमित भएको छ । हेड टु हेडका आधारमा युभेन्ट्स शीर्षमा पुगेको छ । दुवै टोली यसअघि नै नकआउट चरणमा पुगिसकेका छन् ।मेसी र रोनाल्डो दुई वर्षपछि आमनेसामने भएका हुन् जसमा मेसी माथी रोनाल्डो भारी देखिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *