पोखरामा गठबन्धनलाई साढे १८ सयको अग्रता
पोखरामा गठबन्धनले अग्रता करिब २ हजार पुर्याउन लागेको छ । मिश्रित दाबी गरिएका वडाहरूको गणनामा गठबन्धन अघि देखिएको छ।
मेयरमा धनराज आचार्यले १ हजार ८ सय ४५ मत अग्रता लिएका छन् । उनले १४ हजार ३ सय ६२ मत पाउँदा एमालेका कृष्ण थापाले १२ हजार ५ सय १७ मत पाएका छन् ।उपमेयरमा गठबन्धनकी कोपीला रानाभाट भने झिनो अन्तरले अगाडि छिन् । उनले एमालेकी मन्जुदेवी गुरुङलाई ३ सय ९० मतले पछि पारेकी छन् । कोपीलाको १४ हजार ६ सय ६६ मत आउँदा मन्जुको १४ हजार २ सय ७५ मत छ ।
हालसम्म ३४ हजार ६ सय १७ मत गणना भैसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।