भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनी आउने


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसरमा जेठ दुई गते नेपाल आउँदै छन्।
बिहीबार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा आउन लागेको जानकारी दिएको हो।मोदी लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने छन्।प्रधानमन्त्रीको रुपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हुने मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षीले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजामा भाग लिने कार्यक्रम रहेको छ।

त्यस्तै लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्र निर्माणको शिलान्यास गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। लुम्बिनीमा रहँदा दुवै प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता र विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री मोदी र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *