प्रदेश-१ का सबै प्रमुख सीमानाका ‘सिल’,आउजाउ बन्द


स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर-१ का प्रमुख सीमानाका ‘सिल’ गरिएको छ । नाका सिल गरिएसँगै भारतबाट नेपाल र नेपालबाट भारततर्फ आउजाउ बन्द भएको छ । मालवाहक सवारीसाधनको आवागमन पनि आज बिहानैबाट बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार इलामका सीमानाका गए राति नै सिल गरिएको हो । राति १२ बजेदेखि भारतसँग सिमाना जोडिएका इलामका नाकाबाट आउजाउ बन्द भएको छ । प्रशासनले जिल्लाभर मदिराको बिक्री-वितरण, ओसारपसार र प्रयोगमा समेत रोक लगाएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सूचना प्रकाशन गर्दै जिल्लाका सबै अन्तर्राष्ट्रिय नाकाहरू मंगलबार रातिदेखि शुक्रबार राति १२ बजेसम्म बन्द गरिएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *