सर्वसाधारणलाई रिभर फल्स पावरको आईपिओ आजदेखि
रिभर फल्स पावरले आज बैशाख २८ गते देखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्बसाधारणलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो ।
जस मध्ये ५४ हजार ६ सय कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बांकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता शेयरको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले जेठ ४ गतेसम्म आवेदन दिन सक्ने छन् । बैशाख ३० गते , ३१ गते, जेठ १ गते र जेठ २ गते सार्वजनिक विदा परेकोले कम्पनीको अईपियो कुल ८ दिन बिक्रि खुला रहने छ ।