सिंगापुरमा ‘द काश्मीर फाइल्स’ प्रतिबन्धित


बलिउड फिल्म ‘द कश्मीर फाइल्स’लाई सिंगापुर सरकारले प्रदर्शनमा रोक लगाएको छ। समीक्षात्मक र व्यावसायिक रूपमा सफल यस फिल्मलाई सिंगापुर सरकारले फिल्म एकतर्फी भएको भनि प्रदर्शन गर्न नदिने बताएको छ।

सिंगापुरले इन्फोकम मिडिया विकास प्राधिकरण, संस्कृति, समुदाय तथा युवा मन्त्रालय र गृह मन्त्रालयसँगको सहकार्यमा संयुक्त प्रेस विज्ञप्ति जारी गरेको थियो। फिल्म पूर्वाग्रही भएको र विभिन्न समुदायमा मतभेद सिर्जना गर्ने उनीहरूको आरोप छ।

‘फिल्मले विभिन्न समुदायबिच वैमनस्य बढाउन सक्छ। विभिन्न धर्म मान्ने हाम्रो समाजको धार्मिक एकतामा खलल पुग्न सक्छ। सिंगापुरमा जातीय र धार्मिक समुदायलाई बदनाम गर्ने कुनै पनि कुरा मान्य छैन,’ विज्ञप्तिमा उल्लेख छ।

११ मार्चदेखि रिलिज भएको यो फिल्म कश्मीरी पण्डितहरुको ‘कथित राष्ट्रवाद’ कथामा आधारित छ। फिल्मले ३ सय करोडको व्यापार गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *