खल्तीले ल्यायो बैंक लिंक रिफर गरी कमाउन सकिने अफर


अतिरिक्त आम्दानी गर्ने तरिकाहरूमा रुचि राख्ने व्यक्तिहरूका लागि खल्तीले बैंक लिंक रिफर गरी कमाउन सकिने अफर फिर्ता ल्याएको छ । यस अभियानमा खल्ती केवाईसी प्रमाणित भएका जो कोहीले आफ्नो–आफ्नो परिवार र साथीभाइलाई बैंक खाता लिंक गर्न रिफर गरिआम्दानी गर्न सक्नेछन् ।

प्रत्येक रिफरमा प्रयोगकर्ताले ५० रुपैयाँ कमाउनेछन् । खल्तीमा बैंक लिंक गर्ने अफर रिफर गर्नेका साथै आफ्नो बैंक खाता लिंक गर्ने प्रयोगकर्ताहरूका लागि पनि राम्रो अवसर हो । केहि सेकेन्ड मै बैंक खाता लिंक गरि प्रयोगकर्ताहरूले आफ्नो वालेटमा बिना लोड भुक्तानी गर्न सक्नेछन् । यो सेवा समय बचत गर्नको लागि लोकप्रिय सुविधा हो ।

यसका साथै, प्रयोगकर्ताले ‘खल्ती’मा एभरेष्ट बैंक वा माछापुच्छ्रे बैंक खाता लिंक गरेमा एक सय रुपैयाँ बोनस र स्मार्टफोन जित्ने अवसर पनि प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *