गठबन्धनको विरोध गर्नेहरुलाई कारबाही गर्ने देउवाको चेतावनी


गठबन्धनको निर्णयलाई अवज्ञा गर्ने र स्वतन्त्र उम्मेदवारी दिने कैयौंलाई कारबाही गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनको विरोध गर्नेहरुलाई पनि कारबाही गर्ने चेतावनी दिएका छन्।
पार्टीको अनुशासनमा बस्नुपर्छ। मेरो पार्टीमा पनि कारबाही गरेको छु, साधारण सदस्यबाट पनि हटाएको छु। त्यतिमात्रै होइन, गठबन्धनको विरोधमा बोल्नेलाई समेत कारबाही गर्नुपर्ने आउन सक्छ, शनिबार सत्ता गठबन्धनको जनकपुरमा आयोजित सभामा देउवाले भने।उनले गठबन्धनले नै आफूलाई प्रधानमन्त्री बनाएको भन्दै त्यसलाई टिकाउने कर्तव्य पनि आफ्नै भएको बताए। गठबन्धनलाई टिकाउनका लागि त्यसको विरोधमा उठ्ने स्वर सैह्य नहुने उनको भनाइ छ।

उनले महाधिवेशन र केन्द्रीय समितिले गठबन्धनको पक्षमा निर्णय गरेको दोहोर्‍याए। त्यसैले सबैको जितजित हुने स्थिति बनाएर गठबन्धन टिकाउनुपर्ने आवश्यकता रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *