३० प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइको व्यवस्था


नेपालमा ३० प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइको व्यवस्था भएको तथ्यांक सार्वजनिक गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा जो जानकारी गराइएको हो ।

सिँचित जमिन कम भएकाले पनि खाद्यन्नको उत्पादन गर्न सहज अवस्था नरहेको परिषदका कार्यकारी निर्देशक डा। दीपक भण्डारीले बताए । उनले नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाइ, मल र प्रविधिको उचित व्यवस्था गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे । कार्यकारी निर्देशक भण्डारीले सिँचाइका लागि छुट्टयाएको बजेट तटबन्ध निर्माणमा खर्च हुँदा खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न नसकिएको बताए । उनले भने, “अहिले ३० प्रतिशत जग्गामा मात्रै सिँचाई छ ।

सिंचाई मन्त्रालयमा जाने पैसा सिँचाइको एरिया बढाउन होइन तटबन्ध निर्माणमा खर्च हुन्छ । यो साल तटबन्ध बनाउने अर्को साल भत्काउनमा मात्रै पैसा खर्च हुने भएकाले सिँचाईको एरिया बढाउने काममा समस्या छ । सिँचित जमिन नबढाई उत्पादन बढाउन सकिँदैन । उत्पादन बढाउनका लागि मल र प्रविधिको पनि उचित व्यवस्था गर्नुपर्ने हुन्छ ।”

परिषदले हालसम्म ८० वटा बस्तुबालीका ७२३ जातहरु विकास गरी कृषकको खेतवारीमा पुगेको पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *