सक्षम र स्रोत सम्पन्न स्थानीय सरकार बनाउने लोसपाको प्रतिबद्धता


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले शुक्रबार निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै विभिन्न दलहरूलाई हेर्ने आफ्नो दृष्टिकोण बाहिर ल्याएको छ ।

लोसपाले नेपाली कांग्रेसलाई ‘नाम ठूलो, काम सानो’ गर्ने पार्टीको रूपमा चित्रण गरेको छ ।देशको समृद्धि, नयाँ नेतृत्वको विकास, अग्रगामी परिवर्तनका मुद्दा, चुस्त र इमानदार शासन–प्रशासन र युवा नेतृत्वलाई अवसर आदि विषयमा नेपाली कांग्रेस अत्यन्तै उदासिन र असफल देखिएको निस्कर्ष लोसपाको छ ।

‘जबजब मधेसी, शिल्पीरदलित, थारु, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्ग, अल्पसंख्यक समुदाय, विपन्नवर्गलगायत बहिष्करण तथा वन्चितीकरणमा परेका र पारिएकाहरूको पहिचान, अधिकार र अवसरको कुरा गरिन्छ, नेपाली कांग्रेस एक जिम्मेवार राष्ट्रिय दलको भूमिकालाई बिर्सदै अत्यन्तै संकीर्ण, अनुदारवादी र जातीय दलको रूपमा आफूलाई संकुचित गर्छ,’ घोषणापत्रमा भनिएको छ ।

लोसपाले नेपालका कम्युनिस्ट पार्टीहरूलाई ‘विचारशून्य सत्तालोलुप राजनीतिक उद्यमी’ भनेको छ । नेपालको राजनीतिमा संख्यात्मक उपस्थिति जनाए पनि कम्युनिस्ट पार्टीहरूले आफ्नो औचित्य सावित गर्न नसकेको लोसपाले जनाएको छ ।लोसपाले पहिचानमा आधारित राज्य पुनर्संरचना एवं संविधानमा भएका कमजोरी सच्चाउनका लािग फेरि संघर्ष गर्नुपर्ने अवस्था उत्पन्न भएको र यसका लागि तयार रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *