आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने


चालू आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ । विभागले बिहिबार पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने जनाएको हो । गतवर्ष यस अवधिमा कोभिड-१९ का बीच ३.८३ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो ।

विभागले आर्थिक वृद्धिदरमा योगदान दिने विभिन्न पक्षको तथ्याङ्क केलाउँदै यसवर्ष आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको जनाएको छ । त्यस्तै, विभागले उद्योग क्षेत्रमा १०.३ प्रतिशत, सेवा क्षेत्रमा ५.९ प्रतिशत र कृषि र खानीसहित प्राथमिक क्षेत्रको २.३ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *